Skip to content
Prabhu

सुन आयातको भन्सार वृद्धि खारेज गर्न सुनचाँदी व्यवसायीको माग

काठमाडौं । सुनचाँदी व्यवसायीले सुनको आयातमा भएको भन्सार वृद्धि खारेज गर्न माग गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमार्फत सुनको आयातमा वृद्धि भएको सुनको भन्सार खारेज गर्न व्यवसायीहरुले अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गरेका हुन् ।

आगामी आर्थिक वर्षको बजेटमा सुनको भन्सार ५ प्रतिशतले वृद्धि गरिएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले अर्थमन्त्री वर्षमान पुनलाई सुन आयातमा भन्सार वृद्धि गर्ने निर्णय तत्काल खारेज गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

सरकारले २०८१/८२ को बजेटमार्फत सुनको आयातमा लाग्दै आएको १५ प्रतिशत भन्सार दरलाई वृद्धि गरी २० प्रतिशत पु¥याएको छ ।

व्यवसायीहरुले अर्थमन्त्री पुनलाई ध्यानाकर्षण पत्र बुुझाउँदै सुन आयात भन्सार दर वृद्धि हुँदा छिमेकी मुलुक भारत र खुल्ला सिमानाका कारण अवैध कारोबारी समेत बढेर जाँदा र भारतीय सिमाना नजिकका नेपाली व्यवसायीहरुलाई त्यसको असर पर्ने बताएका छन् । यस्तै अहिलेको आर्थिक विधेयकले सार्क राष्ट्रबाट सुनको आयात गर्दा यो विधेयकले व्यवसाय धरापमा पर्ने बताएका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal