काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. युवराज खतिवडाले आफ्नो इच्छाविपरीत नेपाल राष्ट्र बैंकको गभर्नर बनेको बताएका छन् । डा. गोविन्दबहादुर थापाको स्मृतिमा प्रकाशित ग्रन्थ विमोचन कार्यक्रममा उनले आफ्नो इच्छा नहँुदा नहुँदै पनि गभर्नर बन्न पुगेको बताएका हुन् ।
उनलाई गभर्नर नियुक्त गरेका तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालसमेत उपस्थित रहेको कार्यक्रममा डा. खतिवडाले आफ्ना इच्छा नहुँदा नहुँदै गभर्नर बन्न पुगेको कथा सुनाए । ‘म योजना आयोगको उपाध्यक्ष बनिसकेको मान्छे, फेरि राष्ट्र बैंक जान्न भनेको थिएँ । प्रधानमन्त्री माधब नेपालज्यूले नै गोबिन्द बहादुर थापा (स्वर्गीय गोबिन्दबहादुर थापा) एसियाली विकास बैंक जानु भयो । अब विकल्प छैन, तपाईं नै बन्नुस भनेर आग्रह गर्नु भयो र म गभर्नर बनेको हुँ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्