Skip to content

सेयर बजारबाट राज्यले पाउने पुँजीगत लाभकर ३७.४२ प्रतिशतले घट्यो, १० अर्ब ३५ करोडमा सिमित

काठमाडौं । सेयर बजारबाट राज्यले पाउने लाभकर निकै भटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राज्यले पाउने पुँजीगत लाभकर ३७.४२ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा सेयर बजारबाट राज्यले १६ अर्ब ५४ करोड ३७ लाख १ हजार ७३९ रुपैयाँ पुँजीगत लाभकर स्वरुप प्राप्त गरेको थियो । गत आवको सोही अवधिमा लाभकर ३७.४२ प्रतिशतले घटेर १० अर्ब ३५ करोड १६ लाख ९ हजार ८१० रुपैयाँमा सिमिति भएको छ ।

सिडिएससीका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी साउनमा २ अर्ब १५ करोड ७५ लाख ६९ हजार ६१ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । यस्तै भदौमा ६० करोड १४ लाख ९९ हजार ४६४ रुपैयाँ रहेको थियो । यस्तै असोजमा २४ करोड ३६ लाख ५६ हजार ९२० रुपैयाँ, कात्तिकमा ३८ करोड ५ लाख ९९ हजार २९० रुपैयाँ, मंसिरमा ६२ करोड ९८२० हजार ९४०, पुसमा ५८ करोड ४३ लाख ५७ हजार ३७७ रुपैयाँ, माघमा १ अर्ब २९ करोड १९ लाख २० हजार ६७, फागुनमा ५५ करोड १५ लाख ८१ हजार ८०४ रुपैयाँ पुँजीगत लाभकर उठेको छ ।

यस्तै चैतमा १ अर्ब ७३ करोड ५७ लाख ८२ हजार २९९ रुपैयाँ, वैशाखमा ९३ करोड ६१ लाख ६८ हजार ९४५ रुपैयाँ, जेठमा ४३ करोड १८ लाख १ हजार ९०४ रुपैयाँ र असार महिनामा ८० करोड ६८ लाख ५१ हजार ७३४ रुपैयाँ लाभकर उठेको छ । यो अवधिमा बजार २७३.१५ अंकले घटेको छ । २०८२ साउन १ गते बजार २८७०.९५ बिन्दुमा रहेको छ । गत आर्थिक वर्षको अन्तिम दिन अर्थात २०८३ असार ३२ गते बजार २५९७.८० बिन्दुमा रहेको थियो ।

सेयर बजारबाट एक वर्ष वा सोभन्दा कम अवधि सेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले राज्यलाई ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । एक वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरेर बिक्री भएको सेयरमा आएको नाफामा ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था थियो ।

चालु आर्थिक वर्षबाट लाभकर भने बढेको छ ।

सेयर बजारको कारोबार रकममा आइरहने उतारचढावका कारण पुँजीगत लाभकरमा असर पर्ने गर्छ । बजार घट्दा पुँजीगत लाभकर कम उठने र बढ्दा बढी उठ्ने गर्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi