Skip to content
Prabhu

उच्च अदालत दीपायलका रजिष्ट्रार भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । विशेष अदालत काठमाडौंले उच्च अदालत दिपायल राजपुरका रजिष्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतले आज उनलाई रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै कैद तथा जरिवाना हुने सजाय सुनाएको विशेष अदालतका उपरजिष्ट्रार तथा प्रवक्ता धनबहादुर कार्कीले राससलाई जानकारी दिए । 

उनले भने, ‘रकम हिनामिना गरी भ्रष्टाचार गरेको भेटिएकाले कटवाललाई नौ महिना कैद र चार लाख ९८ हजार नौ सय ९५ रुपैयाँ जरिवाना तथा बिगो बमोजिम रकम असुलउपरसमेत हुने फैसला भएको छ ।’

विशेष अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारु र रामबहादुर थापाको इजालसले कटवाललाई दोषी ठहर गरेको हो । कटवालले विभिन्न शीर्षकमा अदालतबाट करिब रु पाँच लाख हिनामिना गरेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौ १६ गते मुद्दा दायर गरेको उपरजिष्ट्रार तथा प्रवक्ता कार्कील बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal