Skip to content

साहस ऊर्जाको नाफा ५१.८४ प्रतिशतले बढ्यो, ईपीएस कति ?

काठमाडौं । साहस ऊर्जा कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आवमा कम्पनीले १ अर्ब ३५ करोड ९१ लाख ५६ हजार नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ५१.८४ प्रतिशतले धेरै हो ।

कम्पनीले गत आवमा विद्युत बिक्री गरेर २ अर्ब ८४ करोड ४५ लाख ३४ हजार रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा ७.४२ प्रतिशतले धेरै हो ।

यो अवधिमा कम्पनीको कुल नाफा १ अर्ब ९९ करोड ७५ लाख ईठ हजार रुपैयाँ रहेको छ सञ्चालन नाफा १ अर्ब ९७ करोड ५८ लाख ३१ हजार रुपैयाँ रहेको छ।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ६८ करोड ३ लाख ८३ हजार रुपैयाँ पुगेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी २९.७२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८०.५८ रुपैयाँ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi