Skip to content
Prabhu

अमेरिकी डलर स्थिर रहँदा यूरोको भाउ बढ्यो, अन्य विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले साेमबारका  लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा कायम भएको छ ।

  बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६९ रुपैयाँ ९४ पैसा छ भने बिक्रीदर १७० रुपैयाँ ७२ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५० रुपैयाँ ५८ पैसा र बिक्रीदर १५१ रुपैयाँ २६ पैसा छ ।

               अष्ट्रेलियन  डलर एकको खरिददर ८७ रुपैयाँ ६० पैसा र बिक्रीदर ८८ रुपैयाँ ९९ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४९ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७१ पैसा कायम छ ।

              जापानी येन १० को खरिददर ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९ रुपैयाँ ०३ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४७ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४० पैसा कायम छ ।

               त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३ रुपैयाँ ७५ पैसा कायम  छ । 

              यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रुपैयाँ १४ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ २१ पैसा र बिक्रीदर २८ रुपैयाँ ३४ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०८ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३ रुपैयाँ ०१ पैसा कायम छ । 

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९ रुपैयाँ ४८ पैसा, हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ९० पैसा र बिक्रीदर १६ रुपैयाँ ९८ पैसा कायम छ । कुवेती दिनारको एकको खरिदलर ४३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ७२  पैसा तथा बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५२ रुपैयाँ १५ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal