काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीकाे मूल्य बढेकाे छ। मंगलबार सुन प्रतितोला २०० रुपैयाँ घटेको छ भने चाँदीकाे मूल्य प्रतितोला ३० रुपैयाँले बढेकाे छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला ४ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।





प्रतिक्रिया दिनुहोस्