काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको पहिलो चरणको छलफलपछि स्ट्रेट अफ हर्मुज पूर्णरूपमा खोल्ने विषयमा छलफल भइरहेको बताएका छन् । उनले वार्ताको अर्को चरण इरानको आणविक निःशस्त्रीकरणमा केन्द्रित हुने बताए ।
तेहरानको आणविक क्षमतालाई अन्त्य गर्ने वासिङ्टनको उद्देश्य रहेको कुरामा जोड दिँदै उनले दोस्रो चरणमा इरानको आणविक कार्यक्रममाथि छलफल हुने बताए ।
यसअघि अन्तरक्रियाका क्रममा ट्रम्पले इरानलाई सम्झौतामा पुग्न ‘अन्तिम मौका’ दिइएको बताए । साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई) कतार र इरानले कूटनीति अगाडि बढाउन अनुमति दिन अनुरोध गरेपछि अमेरिकाले नियोजित सैन्य आक्रमण रोकेकोसमेत उनले दाबी गरे ।
तेहरानको अनुरोधमा वार्ता भइरहेको दाबी गर्दै उनले साउदी अरेबिया र युएईको समर्थनमा र विशेष गरी कतारको समर्थनमा इरानलाई अन्तिम मौका दिन चाहेको प्रष्ट पारे ।
तेहरान वासिङ्टनसँग द्विपक्षीय वार्तामा संलग्न नभएको भन्दै इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले अमेरिकासँग प्रत्यक्ष वा अप्रत्यक्ष वार्ताको रिपोर्ट अस्वीकार गरेपछि ट्रम्पको टिप्पणी आएको जनाइएको छ ।





प्रतिक्रिया दिनुहोस्