Skip to content

प्रधान सेनापतिको तलब साढे ९० हजार, पाइलटसहित अन्य दर्जाले कति पाउँछन् ? (सूचीसहित)

काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि नेपाली सेनाको नयाँ तलब मान सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थ मन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी नेपाली सेनाका विभिन्न दर्जाको नयाँ तलबमान सार्वजनिक गरेको छ ।

नयाँ तलबमानअनुसार प्रधान सेनापतिको मासिक तलब ९० हजार ५९४ रुपैयाँ रहेको छ । प्रधान सेनापतिको सुरुवाती तलब ८४ हजार ९३२ रुपैयाँ र दुई ग्रेड थप भएपछि उक्त रकम कायम हुनेछ ।
रिक्रुटको तलब २८ हजार ९८४ रुपैयाँ रहेको छ।

विमान सम्भार समूह तर्फ पाइलट उपरथीको तलब ९० हजार ५०९ रुपैयाँ रहेको छ । यो साउन १ गतेदेखि लागू हुने गरी ग्रेड रकम र वृद्धिपश्चात् कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T