Skip to content

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपीको समान तलबमान, कुन दर्जाले कति पाउँछन् ? (सूचीसहित)

काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका लागि नयाँ तलबमान सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषदले गरेको निर्णयले नयाँ तलबमान स्वीकृत गरेको छ ।

सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि तलब बढाएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको नयाँ तलबमान अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक (आईजीपी) को समान रहेको छ ।

आईजीपीको शुरुको तलबमान मासिक ७९ हजार २९० रुपैयाँ रहेको छ । दुई ग्रेड थप भएपछि ८४ हजार ५७६ रुपैयाँ हुनेछ ।

यस्तै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को पनि सोही अनुसार तलब रहेको छ । यस्तै प्रहरी जवानको मासिक तलब ३६ हजार ३३८ रुपैयाँ रहेको छ । रिक्रुटको तलब २७ हजार १ सय ७२ रुपैयाँ छ

यो तलबमान साउन १ गतेदेखि लागू भइसकेको छ । साथै नयाँ तलबमानका साथै अतिरिक्त १० प्रतिशत मासिक प्रोत्साहन भत्ता पाइनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T