काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बुधबारको बैठकले उनलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
धनुषाको नगराइन नगरपालिका–३ निवासी चार्टर्ड एकाउन्टेन्ट साह यसअघि निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीमा थिए ।
साह खुला प्रतिस्पर्धाबाट निगमको कार्यकारी निर्देशकमा चयन भएका छन् । निगमको कार्यकारी निर्देशक नियुक्तिको सिफारिस गर्न गठित समितिले यही साउन १७ गते उक्त पदमा नियुक्तिका लागि साहसहित प्यूठानका कौशल केसी र सप्तरीका सञ्जिकुमार देवको नाम सिफारिस गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्