Skip to content

सियोना बनिन् लिटल मिस एन्जल २०२४

nabil bank

काठमाडौं । लिटल मिस एन्जल २०२४ को उपाधि गोरखाकी १२ वर्षीया सियोना श्रेष्ठले जितेकी छन्। कलस इभेन्ट्सद्वारा शनिबार राजधानीको जमलस्थित नेपाल साँस्कृतिक संस्थानमा आयोजित ग्रान्ड फिनाले मेरिडियन इन्टरनेसनल स्कूल कक्षा ७ मा अध्ययनरत सियोनाले ताज चुमेकी हुन्।

शोका प्रमुख निरणायक रामेश्वर श्रेष्ठ टप ७ मा गरेको अन्तिम प्रश्न ग्लोबल वार्मिंङ कम गर्नका लागि तपाईको भूमिका कस्तो रहनेछ ? भन्ने प्रश्नको उत्तरमा ग्लोबल वार्मिंङ कम गर्नका लागि घर मै ऊर्जा बचत गर्नु,  हानिकारक तथा नकुहिने स्तुहरुको कम प्रयोग, पुन प्रयोग र मर्मतमा मेरो भूमिका रहने छ भन्ने उत्तरले सबैको ध्यान खिचेको थियो।

विजेता बनेसँगै उनले १० हजार नगदका साथमा आकर्षक पुरस्कासहित सम्मानित भएकी थिइन्। प्रतियोगिताको फ्रस्ट रनर अप अन्नपूर्णर माध्यमिक विद्यालय ज्याठा कान्तिपथकी न्हुजला मानन्धर र सेकेन्ड रनर अप विसडम एकेडेमीकी सौन्दर्या अधिकारी बनिन्। उनीहरुले क्रमशः ८ हजार र ५ हजार नगदका साथमा विभिन्न आकर्षक पुरस्कारसहित ताज पहिरिएका थिए।

नाटककार अषेश मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न स्पर्धामा मिस क्रिएटिभ सायरा महर्जन , मिस कल्चर वर्षा गुरुङ , मिस ट्यालेन्ट कृतिकाराज भण्डारी , मिस मल्टिमिडिया ग्रेसी गुरुङ,मिस फोटोजेनिक सहारा कार्की, मिस डिसिप्लेन मेजना महर्जन, मिस इन्टेलिजेन्ट रियांसी शाह ,मिस एकेडेमीक प्रतिक्षा बल , मिस पर्सनालिटी सूर्यान्सी बिस्ट , बेस्ट स्माइल प्रशान्ति चन्द ठकुरी , मिस फ्रेन्डशिप् ब्रिसा श्रेष्ठ, मिस लिडरशिप आर्जबी श्रेष्ठ तथा मिस येथ्लिट आर्या महर्जन बनेका थिए।

कुल ३९ जना प्रतिस्पर्धी को सहभागीता रहेको प्रतियोगीतामा शिक्षा विद, राजेश्वोर मान श्रेष्ठ , गायिका अन्जीला श्रेष्ठ र मिस युनिभर्स स्टार,मोडेल तथा नायिका सृष्टी महर्जन निर्णायक रहेका थिए। वर्षा मर्हजन प्रबन्ध निर्देशक रहेको कलश इभेन्टसद्वारा आयोजित कार्यक्रममा युवा उद्यमी दिल माया मगर द्वारा सञ्चालित एमकेएम फेसन हाउसका २१ उत्कृष्ट सिर्जनात्मक डिजाइनरले तयार पारेको आकर्सक पहिरन सहित र्‍याम्पमा उत्रिएका थिए। रोहिया मर्हजनको कोरीयाग्राफी रहेको समारोहमा सितु महर्जनको नृत्य निर्देशनमा प्रतियोगीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime