Skip to content

झापामा करिब ५ अर्ब राजस्व संकलन

झापा । आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा ४ अर्ब ९३ करोड ४६ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

उक्त कार्यालयको ६ अर्ब ६ करोड ८६ लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । लक्ष्यको करिब ८१ दशमलव ३१ प्रतिशत राजस्व सङ्कलन भएको छ ।

उक्त कार्यालयका सूचना अधिकारी डिल्लीराम चौलागाईंका अनुसार सङ्कलित राजस्वमध्ये आयकर २ अर्ब ४१ करोड ६१ लाख सात हजार, मूल्य अभिवृद्धि कर (भ्याट) १ अर्ब ६६ करोड २९ लाख ९५ हजार र अन्तःशुल्क ६७ करोड ८९ लाख पाँच हजार सङ्कलन भएको छ ।

यसैगरी, भाडा आयकर पाँच करोड ६६ लाख ७८ हजार, ब्याज कर ९ करोड ३६ लाख ८० हजार तथा अन्य शीर्षकमा २ करोड ६३ लाख २१ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । उक्त कार्यालयको कार्यक्षेत्र इलाम, पाँचथर र ताप्लेजुङ हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T