काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुन–चाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आज १० ग्राम सुनको मूल्य दुई लाख ५८ हजार ४९० रुपैयाँमा किनबेच भइरहेको हो । आइतबार सुनको मूल्य तोलाको ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यता, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर प्रतितोला चार हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ ।





प्रतिक्रिया दिनुहोस्