Skip to content

३० वर्षको विरासत बोकेको सीई कन्ट्रक्सन संकटमा, ४ अर्ब ऋण जोखिममा; तलब, कर र हाउजिङ विवादले थप्यो दबाब

काठमाडौं । तीन दशकभन्दा लामो इतिहास बोकेको निर्माण तथारियलस्टेट क्षेत्रको चर्चित कम्पनी सीई कन्ट्रक्सन प्रालि गम्भीरवित्तीय संकटमा परेको देखिएको छ। निर्माण व्यवसाय, हाउजिङ, रियलस्टेट तथा जलविद्युत क्षेत्रमा विस्तार गरेको कम्पनी अहिलेऋणको चाप, नगद प्रवाहको समस्या, कर्मचारी असन्तुष्टि रग्राहक विवादका कारण दबाबमा परेको हो।

स्रोतहरूका अनुसार कम्पनीसँग सम्बन्धित करिब ४ अर्बरुपैयाँ बराबरको बैंक तथा वित्तीय संस्थाको कर्जा जोखिममापरेको छ। पछिल्ला वर्षहरूमा घरजग्गा कारोबारमा आएकोमन्दी, निर्माण क्षेत्रको सुस्तता र परियोजनाबाट अपेक्षित नगदप्रवाह नआउँदा कम्पनीको वित्तीय अवस्था कमजोर बन्दैगएको बताइएको छ।

सन् १९९२ मा स्थापना भएको सीई कन्ट्रक्सनले काठमाडौंउपत्यकासहित देशका विभिन्न क्षेत्रमा आवासीय, व्यावसायिक तथा पूर्वाधार परियोजनाहरू निर्माण गर्दै आएकोथियो। एक समय रियलस्टेट बजारको तीव्र विस्तारसँगैकम्पनीले आफ्नो व्यवसाय विस्तार गरे पनि अहिले बजारसुस्ताउँदा त्यसको प्रत्यक्ष असर कम्पनीमा परेको देखिन्छ।

कर्मचारीको रकम संकलन गरेको आरोप

कम्पनीविरुद्ध कर्मचारीहरूले समेत गम्भीर आरोप लगाएकाछन्। पीडित कर्मचारीहरूका अनुसार कम्पनीकासञ्चालकहरूले विभिन्न परियोजनामा संस्थापक सेयरउपलब्ध गराउने आश्वासन दिँदै कर्मचारीहरूबाट ५ लाखदेखि१५ लाख रुपैयाँसम्म रकम संकलन गरेका थिए।

विशेषगरी ‘मेवा डेभलपर्स’ लगायतका परियोजनामा लगानी गराइए पनि हालसम्म न सेयर उपलब्ध गराइएको छ, न लगानी रकम नै फिर्ता गरिएको कर्मचारीहरूको दाबी छ।उनीहरूका अनुसार कम्पनीको आर्थिक अवस्था बलियो रहेकोविश्वासमा आफ्नै तथा परिवारको बचत लगानी गरे पनिअहिले रकम फिर्ता नपाउँदा ठूलो आर्थिक समस्यामा परेकाछन्।

कर्मचारीहरूले संकलन गरिएको करोडौं रुपैयाँ कम्पनीकासञ्चालकहरूले अन्य प्रयोजनमा प्रयोग गरेको आरोपसमेतलगाएका छन्।

तलब भुक्तानीमा समस्या, श्रम अदालतमा उजुरी

कम्पनीले लामो समयदेखि कर्मचारीहरूको नियमिततलबसमेत भुक्तानी गर्न नसकेको आरोप छ। यस विषयमापीडित कर्मचारीहरूले श्रम अदालतमा उजुरी दर्ता गरिसकेकोबताएका छन्।

एक कर्मचारीका अनुसार कम्पनीविरुद्ध दर्जनौं उजुरी परेकाछन्। यद्यपि श्रम अदालतको प्रक्रिया लामो हुने भएकाले न्यायप्राप्त गर्न समय लाग्ने चिन्ता कर्मचारीहरूको छ।

५३ करोडभन्दा बढी भ्याट बक्यौता

आन्तरिक राजस्व विभागले सीई कन्ट्रक्सनलाई ५३ करोड १६लाख ७५ हजार रुपैयाँ भ्याट तथा त्यसमा लाग्ने ब्याज रजरिवानासहितको रकम भुक्तानी गर्न ताकेता गरेको स्रोतलेजनाएको छ। उक्त बक्यौता २०८० माघ मसान्तसम्मको रहेकोबताइएको छ।

कर बक्यौता, कर्मचारीको रकम दुरुपयोगको आरोप तथाग्राहकसँगको विवादले कम्पनीमाथि थप प्रश्न उठाएको छ।

हात्तीवन हाउजिङ विवाद चर्कियो

सीई कन्ट्रक्सनसँग सम्बन्धित सबैभन्दा चर्चित विवादमध्येहात्तीवन हाउजिङ परियोजना पनि एक हो। परियोजनाअन्तर्गतघर खरिद गरी पूर्ण भुक्तानी गरिसकेका ग्राहकहरूले हालसम्मलालपुर्जा तथा स्वामित्व हस्तान्तरण नपाएको गुनासो गरेकाछन्।

पीडितहरूका अनुसार आफूहरूले खरिद गरेका घर तथा जग्गा एकभन्दा बढी बैंकमा धितो राखिएको भेटिएको छ। घर आफ्नो नाममा पास हुनुपर्ने अवस्थामा बैंकको लिलामी प्रक्रियामा परेपछि उनीहरू थप चिन्तित बनेका छन्।

उजुरीकर्ताहरूले कम्पनीले दोहोरो धितो राखेर बैंकबाट ऋणलिएको तथा त्यसबाट आफूहरू ठगिएको दाबी गरेका छन्।बैंकहरूले लिलामी प्रक्रिया अगाडि बढाएमा वर्षौंको बचतलगाएर खरिद गरेको घर गुम्ने जोखिम रहेको उनीहरूको भनाइ छ।

आठ सरकारी निकायमा उजुरी

सीई कन्ट्रक्सन तथा यसका सञ्चालकविरुद्ध प्रधानमन्त्री तथामन्त्रिपरिषद्को कार्यालय (हेलो सरकार), अर्थ मन्त्रालय, गृहमन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालराष्ट्र बैंक, आन्तरिक राजस्व विभाग, प्रहरी प्रधान कार्यालय रकेन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगायतका निकायमाउजुरी परेको स्रोतले जनाएको छ।

उजुरीहरूमा कर छली, वित्तीय अनियमितता, बैंकिङप्रणालीको दुरुपयोग, ग्राहक ठगी तथा कर्मचारीको रकमहिनामिनासम्बन्धी विषय समेटिएको बताइएको छ।

निर्माण क्षेत्रमै बढ्दो जोखिम

बैंकिङ क्षेत्रका अधिकारीहरूका अनुसार निर्माण तथारियलस्टेट क्षेत्र अहिले गैरसञ्चालित कर्जा (एनपीएल) बढाउनेप्रमुख क्षेत्रमध्ये एक बनेको छ। घरजग्गा कारोबारमा आएकोसुस्तता, निर्माण परियोजनाको ढिलाइ र बजारमा मागकमजोर हुँदा यस क्षेत्रमा लगानी गरेका बैंक तथा वित्तीयसंस्थाहरू समेत दबाबमा परिरहेका छन्।

निर्माण व्यवसाय, रियलस्टेट, हाउजिङ, अपार्टमेन्ट रजलविद्युत क्षेत्रमा विस्तार गरेको सीई कन्ट्रक्सन एक समयनेपालको स्थापित निर्माण कम्पनीमध्ये गनिन्थ्यो। तर बढ्दोऋणभार, कर बक्यौता, कर्मचारी असन्तुष्टि र ग्राहकविवादका कारण कम्पनीको भविष्यमाथि प्रश्न उठ्न थालेकोछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T