काठमाडौं । सेयर बजार स्थिर बनेको छ । निकै उतार चढाबकाबीच बजार स्थिर बनेको हो ।
बजार मापन गर्ने सूचक ०.५५ अंकले बढेर परिसूचक २६४२.४० बिन्दु कायम भएको छ । कारोबारमा ३४८ कम्पनीको ८७ लाख १ हजार ९४४ कित्ता सेयर ३ अर्ब ५३ करोड २१ लाख ५ हजार ५१८ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्य घटेको छ । कारोबारमा बैंकिङ, वित्त, होटल, लगानी, निर्जीबन बीमा समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।
कारोबारमा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी पहिलो स्थानमा रहेको छ । कम्पनीको ३१ करोड ६० लाख १२ हजार रुपैयाँको कारोबार भएको छ ।
दोस्रो र तेस्रो स्थानमा सेन्ट्रल फाइनान्स र सोलु हाइड्रो रहेका छन् ।





प्रतिक्रिया दिनुहोस्