काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ ।
बिहीबार सुन तोलाको ३ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तोलाको ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ५ सय रुपैयाँले घटेको छ ।
यस्तै चाँदीको मूल्य बढेको छ । आज चाँदी तोलाको ४ हजार ७५० रुपैयाँमा कारबोर भइरहेको छ । बुधबार प्रतितोला ४ हजार ७ सय ४५ रुपैयाँमा किनबेच भएको थियो ।





प्रतिक्रिया दिनुहोस्