Skip to content

लोकप्रियताका लागि मन्त्रीको स्टन्ट, एक साताका लागि पनि नपुग्ने ग्यास लुकाएको आरोप

काठमाडौं । आज उपभोक्तालाई समयमा नै ग्यास दिन नसकेको सरकारले पाँच तारे होटलमा छापा शैलीमा प्रवेश गरेको छ ।

तारे होटलमा कति ग्यास खपत हुन्छ भन्ने समेत सामान्य ज्ञान नरासी उद्योगमन्त्री गौरीकुमारी यादवले उद्योग मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई काठमाडौंस्थित पाँचतारे होटल र्‍याडिसनमा पठाएकी छिन् ।

होटलमा करिब १ साताका लागि मात्रै पुग्ने ग्यास भएपनि महिनौलाई पुग्ने गरी लुकाएर राखे जसरी मन्त्रालयले वक्तव्य बाजी गरेको छ ।

मन्त्रालयका अनुसार विभागका अनुसार होटलमा मात्रै १८४ वटा ग्यास सिलिन्डर फेला परेका छन् । होटलमा नेपाल ग्यासका ११७ वटा फुल सिलिन्डर र एसटीसी ग्यासका ६७ वटा सिलिन्डर भेटिएका छन् ।

जसमा होटलका चुलोमा ७० वटा सिलिन्डर प्रयोग भइरहेको पाइएको विभागले जनाएको छ ।

यो होटलमा २६३ वटा कोठा छन् । ३० वटा अपार्टमेन्ट छन् । आज मन्त्री गौरीकुमारी यादवको निर्देशनमा भएको अनुगमानमा अपार्टमेन्टमा नहेरिएको बताइएको छ । सामान्यतया तारे होटलमा ५ सय जना पाहुनाका लागि खाना तयार पार्नु पर्यो भने ४५ देखि ५० वटा ग्यास खपत हुन्छ ।

होटलमा प्रतिपटक ७० वटा ग्यास जोडिने गरेको छ ।

यस्तो होटलमा कार्यक्रमका लागि हल बुक नभएको बेलामा पनि दैनिक कम्तिमा १७, १८ वटा ग्यास खपत हुने गरेको होटल सन्चालकहरुको भनाइ छ । सामान्यतया १८४ वटा सिलिन्डर बढीमा १ साता भित्रै खपत भइसक्छ ।

यसर्थ र्‍याडिसन होटलमा भएका ग्यास पनि सबै भरी हुन भने १ सातामा खपत भइसक्छन् । ”५ तारे होटलले १ साताका लागि पुग्ने ग्यास राख्दा सरकारले ठुलै अपराध गरे जसरी बक्तव्य बाजी गरेको छ” होटलका एक अधिकारीले भने, ” होटलमा पाहुना आउनु भएको हुन्छ, एक सातापछि ग्यास सकियो भनेर भन्न मिल्दैन ।”

उनका अनुसार सरकारले जनतालाई ग्यास दिन असक्षम भएको बेला त्यो अक्षमता तारे होटललाई देखाउन खोजिएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T