काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तोलाको ९० रुपैयाँ घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा सुनको मूल्य तोलाको ३ लाख ६ हजार २०० रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको मूल्य तोलाको ९० रुपैयाँ घटेर ४ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्