काठमाडौं । सोल्टी होटल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा लगायतका सूचकहरू बढेका छन् ।
गत आर्थिक वर्षमा यस होटलको खुद नाफा १६.५१ प्रतिशतले बढेको छ। होटलले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ७६ करोड ११ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा होटलको खुद नाफा ६५ करोड ३२ लाख ७७ हजार रुपैयाँ रहेको थियो।
सोल्टी होटलको सञ्चालन आम्दानी पनि बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा होटलले ३ अर्ब १४ करोड ८० लाख ९१ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २ अर्ब ७७ करोड ३९ लाख ६ हजार रुपैयाँ थियो। यसअनुसार सञ्चालन आम्दानी १३.४९ प्रतिशतले वृद्धि भएको हो।
होटलको चुक्ता पुँजी १५ प्रतिशतले बढेर १ अर्ब १७ करोड ५१ लाख ५२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड १८ लाख ६२ हजार रुपैयाँ रहेको थियो।
त्यस्तै, सोल्टी होटलको रिटेन्ड अर्निङ तथा रिजर्भमा पनि उल्लेख्य सुधार देखिएको छ। समीक्षा अवधिमा यस्तो रकम २ अर्ब १७ करोड ६५ लाख ६९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष १ अर्ब ७३ करोड ८१ लाख ५६ हजार रुपैयाँ रहेकोमा २५.२२ प्रतिशतले वृद्धि भएको हो।
यता, होटलको वित्तीय लागत भने उच्च दरले बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा वित्तीय लागत ७१ लाख १५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो लागत ३९ लाख ५५ हजार रुपैयाँ थियो। यसअनुसार वित्तीय लागत ७९.८९ प्रतिशतले वृद्धि भएको छ।
सोल्टी होटलको प्रतिसेयर आम्दानीमा भने सामान्य सुधार भएको छ। समीक्षा अवधिमा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४८ पैसा पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ६ रुपैयाँ ३९ पैसा थियो। यसअनुसार प्रतिसेयर आम्दानी १.४१ प्रतिशतले बढेको हो।
त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ पनि ५.५९ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा प्रतिसेयर नेटवर्थ २८ रुपैयाँ ५२ पैसा पुगेको छ, जबकि अघिल्लो वर्ष यो २७ रुपैयाँ १ पैसा थियो।





प्रतिक्रिया दिनुहोस्