Skip to content

टाटा मोटर्सको स्प्रिङ एक्सचेञ्ज कार्यक्रम आयोजना, बुकिङ गर्दा आइफोन १५ जित्न सकिने

काठमाडौं । टाटा मोटर्सले प्यासेन्जर गाडीका ग्राहकहरूका लागि स्प्रिङ एक्सचेञ्ज कार्यक्रमको आयोजना गरेको छ।

यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटाका नेक्सन इभी र टियागो इभीलगायतका गाडीहरू साट्न सकिनेछ।

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरू प्रतिको रूचि तथा चाहनाहरूलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको कम्पनीको भनाइ छ।

मेला फागुन २५ गतेदेखि २७ गतेसम्म नेपालभरी रहेका टाटाका शोरुमहरूमा आयोजना गरिएको हो। 

स्प्रिङ एक्सचेञ्ज कार्यक्रमका टाटाका गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, हरेक बुकिङमा आकर्षक उपहार र बम्पर उपहारमा आइफोन १५ प्राप्त गर्ने छन्। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T