Skip to content

लक्ष्मी सनराइज बैंकको नाफा ३ अर्ब ११ करोड, वितरणयोग्य नाफा कति ?

काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म अपरिस्कृत वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

गत आवको असार मसान्तसम्म बैंकले ३ अर्ब ११ करोड ७१ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा बैंकको नाफा २३.२६ प्रतिशतले घटेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ४ अर्ब ६ करोड २० लाख ४५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

अघिल्लो आवको असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १० अर्ब ८५ करोड १९ लाख रुपैयाँ रहेकामा गत आवको सोही अवधिमा बढेर ११ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ रहेको छ । यस्तै बैंकको खुद फि तथा कमिशनबाट हुने आम्दानी २ अर्ब १८ करोड ८६ लाख रुपैयाँबाट बढेर २ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

बैंकको सञ्चालन नाफा ६ अर्ब ३ करोड ४ लाख रुपैयाँबाट घटेर ४ अर्ब ७० करोड ८६ लाख रुपैयाँ रहेको छ ।

गत आवको असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ८१ करोड ८९ लाख रुपैयाँ रहेको छ । बैंकको लाभांश दिन सक्ने क्षमता ६.७९ रुपैयाँ छ ।

२६ अर्ब ७८ करोड ११ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १८ अर्ब ८० करोड ८० लाख रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकले ४ खर्ब २४ अर्ब ३७ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ६ अर्ब ५३ करोड ६५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ११.६४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७७.०२ रुपैयाँ रहको छ । बैंकको निष्कृय कर्जा ४.३५ प्रतिशतबाट बढेर ५.२३ प्रतिशत पुगेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T