Skip to content

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा तीन हजार ६०० र चाँदी ५० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोला सुनको मूल्य ३ लाख पाँच हजार २०० कायम भएको छ । शुक्रबार एक तोला सुन ३ लाख १ हजार ६०० मा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला ४ हजार ७१० कायम भएको छ । शुक्रबार एक तोला चाँदी ४ हजार ६६० मा कारोबार भएको थियो ।

आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ३७७ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T