काठमाडौं । भदौ १ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला एक हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला ६० रुपैयाँले बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। आईबारको बजारमा सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज चाँदी प्रतितोला ४ हजार ७७० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा चाँदी प्रतितोला चार हजार ७१० रुपैयाँमा कारोबार भएको थियो।





प्रतिक्रिया दिनुहोस्