Skip to content
Prabhu

सुनको मूल्य तोलामा ६ सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सोमबार र मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार तोलामा ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार तेजाबी सुन तोलामा १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै बुधबार चाँदी मूल्य तोलामा ५ रुपैयाँले महँगो भएको छ । बुधबार १ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ३१३.२ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २९.३७ पैसामा कारोबार भइरहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal