काठमाडौं । काठमाडौँ जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कार मुद्दामा सात वर्ष कैद र ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।
न्यायाधीश दुर्गा भुसालको इजलासले मंगलबार पूर्वजिल्ला न्यायाधीश गिरीलाई जबरजस्ती करणीमा मुद्दामा ७ वर्ष कैद र ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि सुनाएको हो ।
यसअघि सोही अदालतका न्यायाधीश दुर्गा भुसालको इजलासले यही जेठ १३ गते पूर्वन्यायाधीश गिरीलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेको थियो । आज अदालतले सजाय र क्षतिपूर्ति निर्धारण गरेको हो ।
कपिलवस्तु जिल्ला अदालतमा कार्यरत हुँदा निजविरुद्ध प्रहरीमा जाहेरी परेपछि निलम्बन गरी उनलाई थुनामा राखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्