Skip to content
Prabhu

यार्सागुम्बाको निर्यात दोब्बरले बढ्यो, ७ महिनामा ६० करोडको यार्सागुम्बा निर्यात

काठमाडौं । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०र०८१ को सात महिनामा ६० करोड रुपैयाँको यार्सागुम्बा निर्यात भएको जनाएको छ ।

सात महिनामा भन्सार विभागका अनुसार ६० करोड ६१ लाख ८५ हजार रुपैयाँको १ हजार २४६ किलोग्राम यार्सागुम्बा निर्यात भएको हो । जुन गत वर्षको सोही अवधिको तुलनामा दोब्बर हो ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९र०८० मा ६८३ किलोग्राम यार्सागुम्बा मात्र निर्यात भएको थियो ।

गत आर्थिक वर्ष २०७९/०८० मा ३१ करोड २१ लाख ३२ हजार रुपैयाँको यार्चागुम्बा निर्यात भएको थियो । विभागका अनुसार समीक्षा अवधिमा ५०७ किलोग्राम यार्सागुम्बा निर्यात भएको थियो ।

हाल नेपालका डोल्पा, दार्चुला, जुम्ला, हुम्ला, मुगु, कालीकोट, बझाङ, बाजुरा, जाजरकोट, रुकुम, रोल्पा, बागलुङ, म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ, गोर्खा, धादिङ, रसुवा, सिन्धुपलाञ्चोक, दोलखा, रामेछाप, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङ गरी २५ जिल्लाका उच्च क्षेत्रमा यार्सागुम्बा उत्पादन हुने गरेको छ ।

नेपालबाट हङकङ, भियतनाम, सिंगापुर, अस्ट्रेलिया, अस्ट्रिया, चेक रिपब्लिक, ग्रिस, जापान, मलेसिया, मङ्गोलिया, रुस, बेलायत र अमेरिकालगायत १५ भन्दा बढी देशमा यार्सागुम्बा निर्यात हुने गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal