काठमाडौं । विश्वव्यापी होम इन्टरटेनमेन्ट तथा होम इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले एयर कन्डिसनर व्यवसायमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। फ्रस्ट एन्ड सुलिभानले जारी गरेको बजारसम्बन्धी प्रतिवेदनअनुसार सन् २०२१ देखि २०२६ को पहिलो त्रैमासिकसम्म टीसीएल एयर कन्डिसनरको विश्वव्यापी सञ्चित बिक्री १० करोड युनिट नाघेको छ।
सन् २०२६ जुनमा जारी गरिएको उक्त प्रतिवेदन विश्व एयर कन्डिसनर बजारसम्बन्धी अध्ययनमा आधारित रहेको कम्पनीले जनाएको छ। यस उपलब्धिले विश्व बजारमा टीसीएलको बढ्दो उपस्थिति र उपभोक्तामाझ बढ्दो स्वीकार्यतालाई देखाएको कम्पनीको भनाइ छ।
चीनबाट एयर कन्डिसनर निर्यात गर्ने कम्पनीमध्ये पनि टीसीएलले उल्लेखनीय स्थान हासिल गरेको छ। चाइना आईओएलको तथ्यांकअनुसार सन् २०२४ मा टीसीएलले चीनमा १ करोड ९१ लाख ७० हजार युनिट घरेलु एयर कन्डिसनर उत्पादन गरेको थियो। उत्पादनका आधारमा कम्पनी शीर्ष तीनमा परेको थियो।
सोही वर्ष टीसीएलको एयर कन्डिसनर निर्यात १ करोड ३८ लाख १० हजार युनिट पुगेको थियो। यससँगै चीनबाट हुने एयर कन्डिसनर निर्यातमा टीसीएल दोस्रो स्थानमा रहेको तथ्यांकले देखाएको छ। चीनका शीर्ष तीन एयर कन्डिसनर निर्यातकर्तामध्ये टीसीएलले सबैभन्दा उच्च निर्यात वृद्धिदर हासिल गरेको पनि जनाइएको छ।
विश्व बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै टीसीएलले उत्पादन प्रविधि, ऊर्जा दक्षता, स्मार्ट कनेक्टिभिटी र प्रयोगकर्ता केन्द्रित सुविधामा निरन्तर लगानी गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार विश्वव्यापी बिक्रीमा हासिल भएको उपलब्धिले उत्पादन क्षमता मात्र नभई अनुसन्धान तथा विकास, प्रविधि, आपूर्ति शृङ्खला र अन्तर्राष्ट्रिय बजार विस्तारमा भएको प्रगतिलाई समेत प्रतिबिम्बित गर्छ।
नेपालमा पनि टीसीएलले विभिन्न क्षमता र सुविधासहितका एयर कन्डिसनर बिक्री गर्दै आएको छ। घरायसी तथा व्यावसायिक प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले विभिन्न मोडल बजारमा उपलब्ध गराएको छ।
टीसीएलका टेलिभिजन, एयर कन्डिसनर, वासिङ मेसिन, फ्रिज, वाटर डिस्पेन्सर, म्युजिक सिस्टम तथा भीआरएफलगायतका उत्पादन नेपाली बजारमा बिक्री हुँदै आएका छन्। आधुनिक प्रविधि, आकर्षक डिजाइन, उपयोगी सुविधा र प्रतिस्पर्धी मूल्यका कारण यी उत्पादनले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएका छन्।
नेपालमा टीसीएलका उत्पादनहरू सीजी इलेक्ट्रोनिक्समार्फत बिक्री तथा वितरण हुँदै आएका छन्। विभिन्न उत्पादन श्रेणीमा आफ्नो उपस्थिति विस्तार गर्दै टीसीएलले नेपाली बजारमा पनि आफ्नो ब्रान्डलाई थप मजबुत बनाउँदै लगेको छ।







प्रतिक्रिया दिनुहोस्