Skip to content
Prabhu

अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख फेरिए

 

काठमाडौं । अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख फेरिएका छन् । अर्थमन्त्री वर्षमान पुनले महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव नारायणप्रसाद सापकोटालाई दिएका हुन् ।

यसअघि महाशाखा प्रमुख रहेको डा. टोकराज पाण्डेलाई हटाएर सापकोटालाई प्रशासन प्रमुख बनाइएको हो । प्रधानमन्त्री कार्यालयबाट अर्थ मन्त्रालयमा आएका सापकोटालाई सो जिम्मेवारी दिइएको हो ।

सापकोटा यसअघि भन्सार विभागको महानिर्देशक तथा राजस्व अनुसन्धान विभागको महानिर्देशकका रुपमा कार्यरत थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal