Skip to content

सेजका उद्योगको भौतिक संरचना कबाडका रूपमा बिक्री गर्नुपर्ने बाध्यता हटाउन माग

नयाँ उद्योगलाई सहज हुने कानुनी प्रबन्ध मिलाइनुपर्छः सांसद अग्रवाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुनमकुमारी अग्रवालले विशेष आर्थिक क्षेत्र -से‍ज_ बाट उद्योग बाहिरिने र नयाँ उद्योग स्थापना गरिँदा हुने आर्थिक तथा भौतिक क्षति न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

प्रतिनिधिसभाको आजको विशेष समयमा उनले विशेष आर्थिक क्षेत्रमा उद्योग सञ्चालन गर्न ठूलो लगानी गर्नुपर्ने भएकाले कुनै कारणले उद्योग सफल नभएमा भू-वहाल सम्झौता अन्त्य गरी सहजरुपमा बाहिरिने सक्ने कानुनी वातावरण बनाइनुपर्ने आवश्यकता औँल्याइन् ।

अग्रवालले भनिन् “सम्झौता अन्त्य भएसँगै त्यहाँका भौतिक संरचना व्यवस्थापन गर्ने सिलसिलामा महत्त्वपूर्ण मेसिन लगायतका औजार कवाडीको मूल्यमा बिक्री गर्नुपर्ने अवस्था छ भने अर्कातर्फ नयाँ उद्योग स्थापनामा लामो समय र ठूलो रकम खर्च हुने गरेको छ ।”

त्यस्तो परिस्थितिमा उद्योगका भौतिक संरचना नभत्काइ प्लट लिन इच्छुक नयाँ उद्योगलाई उपलब्ध गराउन सकिने कानुनी व्यवस्था मिलाउन उनले सरकारको ध्यानाकर्षण गराइन् ।

त्यसबाट विशेष आर्थिक क्षेत्र छाड्ने उद्योगले आफ्ना भौतिक संरचना कबाडका रूपमा बिक्री गर्नुपर्ने बाध्यता हट्ने र थप आर्थिक भारबाट जोगिन सक्ने उनको भनाइ छ ।

सांसद अग्रवालले नयाँ उद्योगलाई तयार संरचना उपलब्ध हुँदा संरचना निर्माणमा लाग्ने समय र अतिरिक्त खर्च बचत हुनेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताइन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T