Skip to content

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

nabil
global ime

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार आज बानेश्वर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानले जथाभावी बाटो नकाटी आकाशेपुल प्रयोग गर्न अनुरोध गर्दा कठायतले उनीमाथि हातपात गरेका थिए ।

“कठायतले महिला प्रहरीमाथि हातपात गरेकाले नियन्त्रणमा लिएका छौँ, घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान तथा सोधपुछ भइरहेको छ”, प्रवक्ता थापाले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima