काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदी मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार २०० रुपैयाँ रहेको थियो।
यसैगरी, आज चाँदीको मूल्य भने प्रतितोला ७५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस्