Skip to content

गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे १ करोड सहयोग गर्ने

काठमाडौं । बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

रसुवा लगायतका प्रभावित क्षेत्रको पछिल्लो अवस्थाप्रति दुःख व्यक्त गर्दै ग्रुपले विपत्तिमा ज्यान गुमाउनेका परिवारप्रति समवेदना प्रकट गरेको छ।

गोल्छा ग्रुपले विपत्तिको समयमा उद्धार तथा राहतलाई प्राथमिकतामा राख्दै प्रभावित परिवार र समुदायसम्म आवश्यक सहयोग पुर्‍याउनु साझा जिम्मेवारी भएको जनाएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T