Skip to content

अपि पावरले गर्यो सरकारको राहत कोषमा ३५ लाख सहयोग

काठमाडौं । देशका विभिन्न भूभागमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि अपि पावर ग्रुपले नेपाल सरकारको राहत कोषमार्फत ३५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। प्राकृतिक विपत्तिका कारण उत्पन्न कठिन परिस्थितिमा नागरिकको जीवन रक्षा, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्नु सबैको मानवीय दायित्व भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार विपद्मा परेका परिवारलाई तत्काल राहत उपलब्ध गराउने तथा उनीहरूको पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम सरकारको राहत कोषमार्फत उपलब्ध गराउन लागिएको हो।

अपि पावर ग्रुपले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहत कार्यलाई थप तीव्र र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।

विषम परिस्थितिमा एकअर्काको सहारा बन्नु नेपाली समाजको पहिचान भएकाले विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा कम्पनीले जोड दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T