Skip to content
Prabhu

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

 

काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ६ सय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला सुन १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै बिहीबार तेजाबी सुनको भाउ १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य स्थिर रहेको दिन चाँदीको मूल्य भने केही सस्तो भएको छ । अघिल्लो दिनको भन्दा आज चाँदीको मूल्य १० रुपैयाँ सस्तो भएको छ । बिहीबार चाँदी तोलामा १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस २ हजार ३०९.६१ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २९.२ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal