Skip to content

भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक गएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ४८९ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार दिउँसो १२ बजेसम्म विभिन्न जिल्लामा ४८९ जनाको शव फेला परेको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा १३, धादिङमा ४०, तनहुँमा २९, नुवाकोटमा ३७, गोरखामा ४४, चितवनमा १८६, नवलपरासी पूर्वमा ११२ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ५४५ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट तीन जना रहेका छन् ।

बाढीमा परी घाइते भएकालाई विभिन्न स्थानबाट उद्धार गरी काठमाडौँ ल्याइएको छ । हाल काठमाडौँका विभिन्न अस्पतालमा ८७ जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, भन्सार तथा अध्यागमन कार्यालयका कर्मचारी सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८, सशस्त्र प्रहरी बल, नेपालका १३, भन्सार कार्यालय टिमुरेका १५ र अध्यागमन कार्यालय टिमुरेका चार कर्मचारी हालसम्म सम्पर्कविहीन छन् ।

बाढीमा परी सर्वसाधारणसहित हालसम्म दुई हजार ३८१ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ । सुरक्षाकर्मी तथा सम्बन्धित निकायले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T