काठमाडौं । आईतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारि गिरावट भएको छ । आज सुन प्रतितोला ९ हजार ५०० रुपैयाँ र चाँदी तोलाको १८५ रुपैयाँले घटेको हो।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार रुपैयाँमा खरिदबिक्री भईरहेको छ। गत शुक्रबारको बजारमा सुन प्रतितोला तीन लाख १८ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो।
आजको बजारमा चाँदी चार हजार ७८० रुपैयाँमा कारोबार भईरहेको छ। गत शुक्रबारको बजारमा चाँदी प्रतितोला चार हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्