Skip to content

प्रधानमन्त्री राहत कोषमा रिलायन्स स्पिनिङ मिलको १ करोड, एभरेस्ट सुगरको ५१ लाख सहयोग

काठमाडौं। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले १ करोड रुपैयाँ सहयोग गरेको छ।

त्यस्तै, एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज लिमिटेडले राहत कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

दुवै कम्पनीले विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम उपलब्ध गराएका हुन्।

सरकारले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग गर्न निजी क्षेत्र, संघसंस्था तथा सर्वसाधारणलाई आह्वान गर्दै आएको छ।

रिलायन्स स्पिनिङ मिल्स र एभरेस्ट सुगरको सहयोगले विपद्मा परेका प्रभावित परिवारलाई राहत उपलब्ध गराउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T