Skip to content
Prabhu

भारतले एआई पूर्वाधार स्टार्टअपमा १ अर्ब २० करोड डलर लगानी गर्ने

 

मुम्बई । विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको भारतले कृत्रिम बौद्धिकता (एआई) परियोजनाहरूको एउटा विस्तृत शृङ्खलामा १ अर्ब २० करोड डलर लगानी गर्ने भएको छ । 

कम्प्युटिङक पूर्वाधार स्थापना गर्न र एआई स्टार्टअपमा लगानीमा सहयोग गर्न उक्त धनराशि प्रयोग गरिने सूचना प्रविधि मन्त्रालयको विज्ञप्तिमा बिहीबार राति जनाइएको छ । 

कनिष्ठमन्त्री राजीव चन्द्रशेखरले भने, ‘लगानीले भारतको एआई इकोसिस्टम प्रणालीलाई उत्प्रेरित गर्ने छ र यसलाई भारत तथा विश्वका लागि एआईको भविष्यको आकार दिने शक्तिका रूपमा स्थापित गर्नेछ ।’

स्थानीय सूचना प्रविधि उद्योग निकाय न्यासकमको विद्यमान पूर्वानुमानअनुसार भारतको उदीयमान एआई बजार सन् २०२७ सम्ममा १७ अर्ब डलरको हुनेछ । उक्त आँकडाले एआई सफ्टवेयरका लागि वैश्विक बजारको एउटा सानो अंश देखाउँछ । यसका बारेमा अमेरिकी शोध फर्म गार्टनरले सन् २०२७ सम्ममा एआई बजार २ खर्ब ९७ अर्ब डलरसम्म पुग्नसक्ने बताएको छ ।

भारतले सन् १९९० को दशकमा विश्वव्यापी आउटसोर्सिङ बुमबाट निर्मित विशाल सफ्टवेयर सेवा उद्योगको दाबी गर्दछ र एआई सफ्टवेयरले अवसर र खतरा दुवैको प्रतिनिधित्व गर्दछ । परम्परागत कल सेन्टर वा कोडिङ भूमिकामा काम गर्ने इन्जिनियरिङ स्नातकहरूले एआई मोडेलबाट आफ्नो नोकरीलाई खतराका रूपमा देख्न सक्छन् । 

ओपनएआईका प्रमुख कार्यकारी साम अल्टम्यानले गत वर्ष नयाँदिल्लीमा श्रोताहरूलाई भारतीय उद्यमी तथा कम्पनीहरूले महत्त्वपूर्ण वित्तीय सहयोगबिना एआई उत्पादन बनाउनका लागि सङ्घर्ष गर्नुपर्ने बताएका थिए। भारतको सार्वजनिक तथा निजी क्षेत्रहरूले एआई एप्लिकेसन बनाउन सुरुआती प्रयास गरेका छन् । 

बजार पूँजीकरणको हिसाबले भारतको सबैभन्दा ठूलो कम्पनी अर्बपति टाइकुन मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज र मुलुकका शीर्ष विश्वविद्यालयहरूबीचको साझेदारीले यसै महिना च्याटजिपिटी–स्टाइल च्याटबट एप्लिकेसन सुरु हुने अपेक्षा गरिएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal