Skip to content
Prabhu

उदयपुर सिमेन्टको भ्रष्टाचार मुद्दाका आठै जनालाई सफाइ

काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडको भ्रष्टाचार मुद्दाका सबै आरोपितले सफाइ पाएका छन्। विशेष अदालतले बिहीबार भ्रष्टाचार भएको पुष्टि नभएको भन्दै सबैलाई सफाइ दिएको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले सबैजनालाई सफाइ दिने फैसला गरेको हो । यस मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योगका महाप्रबन्धकसहित आठजनालाई प्रतिवादी बनाएको थियो । उद्योगलाई २२ लाख ७८ हजार रुपैयाँभन्दा बढी नोक्सानी गराएको दाबीसहित २०८० साल माघ १० गते मुद्दा दायर भएको थियो ।

अख्तियारले यस मुद्दामा उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल र नायब महाप्रबन्धक नवलकिशोर साहका साथै तत्कालीन कामु उपनिर्देशक पवनकुमारलाल कर्ण, उद्योगका तत्कालीन प्रबन्धकहरू भरतप्रसाद नेपाल, कमलराज पौडेल र नवौँ तहका अधिकृत डेमलाल खनालमाथि मुद्दा चलाइएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal