Skip to content
Prabhu

शुक्रबार सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

 

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुन शुक्रबार पनि तोलामा ४ सय रुपैयाँले सस्तो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन तोलामा १ लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला छापावाला सुन १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुनको भाउ १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार प्रतितोला चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिनको भन्दा आज चाँदी तोलामा १० रुपैयाँ सस्तो भएको छ । शुक्रबार चाँदी तोलामा १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलामा १ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस २ हजार ३०४.०५ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २८.९४ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal