काठमाडौं । आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ हजार १०० रुपैयाँ र चाँदीको मूल्य तोलाको ४० रुपैयाँ घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत हप्ताको शुक्रबारको बजारमा सुनको मूल्य तोलाको ३ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदी तोलाको ४ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ । गत हप्ताको शुक्रबार चाँदी तोलाको ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्