काठमाडौं । मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई एक्विजिशन (प्राप्ति) गर्ने भएको छ ।
भदौ १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले प्राप्ति गर्ने निर्णय गरेको हो ।
यो सँगै मुक्तिनाथ विकास बैंकसँग सिन्धु विकास बैंक र जानकी फाइनान्स प्राप्ति गर्न प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
बैंकले नेपाल धितोपत्र बोर्डबाट जारी धितोपत्र दर्ता गराएका संगठित संस्था एक–आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ बमोजिम सेयर कारोबार रोक्का राखेको छ ।






प्रतिक्रिया दिनुहोस्