Skip to content

नबिल म्युचुअल फण्डका दुई योजनाले घोषणा गरे प्रतिफल

काठमाडौं । नबिल बैंक लिमिटेड कोष प्रवर्द्धक तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको नबिल म्युचुअल मण्डअन्तर्गत सञ्चालित दुई वटा योजनाले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीलाई प्रतिफल वितरण गर्ने घोषणा गरेका छन्।

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल ब्यालेन्स्ड फण्ड ३ का इकाईधनीलाई नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार नबिल ब्यालेन्स्ड फण्ड २ का इकाईधनीले ३.५ प्रतिशत तथा नबिल ब्यालेन्स्ड फण्ड ३ का इकाईधनीले २.५ प्रतिशत नगद प्रतिफल पाउने भएका छन्।

यद्यपि, नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडअन्तर्गत सञ्चालित नबिल फ्लेक्सी क्याप फण्ड र एनआई ३१ योजनाले भने यसपटक कुनै प्रतिफल घोषणा गरेका छैनन्।

घोषित प्रतिफल वितरण प्रयोजनका लागि दुवै योजनाले असोज ७ गते बुधबार एक दिनका लागि इकाईधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने भएका छन्।

यसअनुसार असोज ६ गतेसम्म इकाई खरिद गरी कायम रहेका इकाईधनीले घोषित प्रतिफल प्राप्त गर्न सक्नेछन्। असोज ७ गतेपछि इकाई खरिद गर्ने लगानीकर्ता भने यसपटकको प्रतिफलका लागि योग्य हुने छैनन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T