Skip to content

सुनचाँदीको मूल्य बढ्यो, कतिमा ह्ँदैछ कारोबार ?

 

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य बढेको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबारको तुलनामा सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ९० रुपैयाँ रहेको छ । सोमबारको तुलनामा मंगलबार चाँदी तोलामा १०० रुपैयाँले बढेको हो ।

सोमबार ४ हजार ६ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T