Skip to content

अर्थमन्त्री डा. वाग्लेको आश्वासको प्रभाव कायमै, सेयर बजारमा हरियाली

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । गत साता अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पुँजी बजार सम्बन्धिको १०–१२ बुँदे योजना ल्याउने घोषणा गरेका थिए ।

त्यसको प्रभाव शुक्रबारको कारोबारमा पनि देखिएको थियो । यो साताको पहिलो कारोबार पनि बजारमा मन्त्रीको भाषणको प्रभाव कायमै छ । मन्त्री वाग्ले आफैले बजार बढाउनकै लागी भएपनि करिब दर्जन योजना ल्याउने भनेसँगै बजारमा त्यसको प्रभाव देखिएको हो ।

सेयर बजार घट्दा त्यसले लगानीकर्तालाई मात्रै नभएर अर्थ मन्त्रीलाई समेत चिन्ता पर्ने गरेको छ । आफ्नो कार्यकालमा बजार राम्रो थियो भनेर देखाउनकै लागी भएपनि बजारलाई प्रभावित गर्ने कुराहरु मन्त्रीले बोलेर बजार बढाउने गरेका हुन् ।

शुक्रबार डा. वाग्लेले पूँजीबजारमा देखिएको कमजोरी सुधार गर्दै यसको विकास र विस्तारका लागि सरकारले १० देखि १२ बुँदे विशेष सुधार कार्यक्रम ल्याउने भनेकै कारण लगातार दुई कारोबार दिन दोहोरो अंकको सुधार आएको लगानीकर्ताको दाबी छ । बजार बढाउने ठेक्का नै परे जसरी मन्त्रीले सुधारका कार्यक्रम ल्याउन नहुने कतिपय लगानीकर्ताको दाबी छ । कतिपय लगानीकर्ताले आफूले गाली खानबाट बच्नका लागि लगानीकर्तालाई आश्वासन दिएर बजार बढाउन खोज्नु गलत भएको बताउँदै आएका छन् ।

तर मन्त्रीले भने कहिले योजना ल्याउने हो अत्तोपत्तो छैन । उधारो आश्वासन दिएर बजार भने दोहोरो अंकले बढेको छ । साताको पहिलो कारोबार दिन बजार २५.५५ अंकले बढेर परिसूचक २५८५.०४ बिन्दु कायम भएको छ । ३३६ कम्पनीको १ करोड १५ लाख ९५ हजार ६५४ कित्ता सेयर ४ अर्ब ६८ ८६ लाख ८२ हजार ३०३ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा २२६ कम्पनीको सेयर मूल्य बढेको छ भने ४७ कम्पनीको मूल्य घटेको छ । बजारमा हरियाली छाउँदा सबै समूहका उपसूचकमा सुधार देखिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T