Skip to content

प्रि–ओपन सेसनमा ८६ अंक बढ्यो सेयर बजार

काठमाडौं । मंगलबारकाे प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । आज सेयर बजार यस सेयनमा ८६.०५ अंक बढेर २८७१.०९ विन्दुमा पुगेको हाे ।

प्रि–ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स भने १४.८७ अंक बढेको छ । आज सेयर बजार ३.३२ प्रतिशत बढेको हाे ।

मंगलबार प्रि–ओपन सेसनमा २६१ कम्पनीको १ हजार ६०७ पटकको कारोबारमा १२ करोड ३५ लाख ५ हजार ९४४ रुपैयाँ १० पैसाबराबरको २ लाख ८५ हजार ८१० कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २५४ कम्पनीको मूल्य बढेको छ भने २ कम्पनीको मूल्य घटेको छ। बाँकी ५ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T