काठमाडौं । सरकारले बिहीबार भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा गरेको छ ।
आन्तरिक राजस्व विभागले भदौका लागि दुई जनालाई १०/१० लाख रुपैयाँको चिट्ठा दिएको छ ।
विभागका अनुसार कात्यानी पोलिक्लिनिकबाट २ सय रुपैयाँको सामान किनेका ग्राहकले १० लाख उपहार जितेका छन् । यस्तै सुनिता फेन्सी स्टोरबाट ७ हजार रुपैयाँको सामान किनेका ग्राहकलाई १० लाख रुपैयाँ जितेका छन् ।
विभागका अनुसार ३१ जनालाई एक/लाख दिने घोषणा गरेको छ । विभागले हरेक १५/१५ दिनमा उपहार घोषणा गर्दै आएको छ ।







प्रतिक्रिया दिनुहोस्