काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ ।
बजार मापन गर्ने सूचक ११.३९ अंकले बढेर परिसूचक २६२४.३६ बिन्दु कायम भएको छ ।
बिहीबार ३३९ कम्पनीको १ करोड ३६ लाख १० हजार ४९६ कित्ता सेयर ५ अर्ब ४९ करोड ९३ लाख १६ हजार ६४३ रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा १७७ कम्पनीको मूल्य बढेको छ भने ८५ कम्पनीको मूल्य घटेको छ ।
कारोबारमा लगानी र अन्य समूहबाहेक सबै समूहका उपसूचक बढेका छन् ।






प्रतिक्रिया दिनुहोस्