Skip to content

ग्लोबल आइएमई सेक्यूरिटिजको साधारणसभा सम्पन्न, ३.८ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । ग्लोबल आइएमई बैंकको शतप्रतिशत लगानीमा सञ्चालित ग्लोबल आइएमई सेक्यूरिटिज लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । असोज ४ गते होटल क्रिस्टल पशुपति, गौशालामा सम्पन्न साधारणसभाले चुक्ता पुँजीको ३.८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलको अध्यक्षतामा सम्पन्न सभामा ग्लोबल आइएमई बैंक, कम्पनी रजिष्ट्रार तथा अन्य गण्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले चालु वर्ष कम्पनीका लागि लाभांश वितरणका दृष्टिले चुनौतीपूर्ण रहेको बताए । कठिन परिस्थितिका बाबजुद कम्पनीको सञ्चालन निरन्तर राख्न सहयोग गरेकोमा एकमात्र सेयरधनी ग्लोबल आइएमई बैंकप्रति उनले सञ्चालक समितिका तर्फबाट आभार व्यक्त गरे ।

उनले नियामक निकाय, व्यावसायिक साझेदार तथा कर्मचारीहरूको योगदानको प्रशंसा गर्दै आगामी दिनमा राजनीतिक स्थायित्व फर्किने विश्वास व्यक्त गरे । साथै, कम्पनीले थप गुणस्तरीय सेवा प्रदान गर्दै सबै सरोकारवालाको हितमा काम गर्ने प्रतिबद्धता जनाए ।

सभामा सञ्चालकद्वय विकासराज पाण्डे र विजय कार्की, प्रमुख कार्यकारी अधिकृत प्रवीना पाण्डे तथा ग्लोबल आइएमई बैंकका प्रतिनिधि टिकाराम पाण्डेले धारणा राखेका थिए ।

साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको वित्तीय विवरण तथा लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव, चुक्ता पुँजीको ३.८ प्रतिशत नगद लाभांश वितरण तथा प्रबन्धपत्र संशोधनसम्बन्धी प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima